अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ११ गते।
भिजिट भिसामा विदेश गएर रोजगारी गर्न नजान गृह मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भिजिट भिसामा पर्यटकका रुपमा मात्र विदेश जान पनि सुझाएको छ ।
मन्त्रालयले पछिल्लो समय नेपाली नागरिकहरु भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायतका विभिन्न कठिनाइ भोगिरहेको गुनासो आइरहेको भन्दै भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने भिसा रहेको प्रस्ट पारेको छ ।
विदेशमा रोजगारीका लागि जाने नेपाली नागरिकले सम्बन्धित निकायबाट प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेरमात्र जान पनि मन्त्रालयले सचेत गराएको छ ।