अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १२ गते।
आज अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउँदै छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी आज साँझ काठमाडौं आउने छन् ।
नेपालको संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गराउन भूमिका खेलेका लु आज काठमाडौँ आउन लागेको हुन् ।
अमेरिकी दूतावास स्रोतका अनुसार नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ। यसबाहेक अन्य क–कसलाई भेटवार्ता गर्ने भन्नेबारे खुलाइएको छैन।