अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १२ गते।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश-१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।
‘नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्नेछ । यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्छ । त्यसैले सामान्य सतर्कता अपनाउन सबैमा आग्रह छ’, विभागले भनेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, मधेस प्रदेश र वागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।