अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १३ गते।
आज पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २८ हजार १७१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६४ पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६९ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६९ हजार ४८८ पुगेको छ ।