कुन प्रदेशमा मेघ गर्जन,चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोल छ ?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २९ गते।

हाल  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको

आइतबार दिन भर , देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको

आइतबार राती , देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका  केही  स्थानहरूमा  र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित ल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन जल तथा मौसम विज्ञान विभागको अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *