सुन र चाँदीको मूल्य संगै, आजको विदेशी मुद्राको नेपाली बजार मूल्य कति पुग्यो ?

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २९ गते।

नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्रकाको नेपाली मूल्य निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको नेपाली मूल्य तोकेको हो ।

अमेरिकी डलर एकको नेपाली खरिद दर १२७  रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ भने युरो एकको खरिद दर १३०  रुपैयाँ ८७ पैसा र बिक्री दर १३१ रुपैयाँ ४९पैसा रहेको छ ।

पाउण्ड स्ट्रलिङ एकको खरिद दर १५४ रुपैयाँ १७ पैसा र बिक्री दर ५४ रुपैयाँ ७०पैसा, स्विस फ्रयांक एकको नेपाली खरिद दर १३४ रुपैयाँ ८७ पैसा र बिक्री दर १३५ रुपैयाँ ५१ पैसा रहेको छ । त्यस्तै आजको सुन र चाँदीको मूल्य यस प्रकार रहेको छ। सुन प्रति तोला ९७, ३०० तेजाबी सुन ९६, ८०० र चाँदी १,२२५ प्रति तोला रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *