अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ३१ गते।
आज पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४१ हजार ६८० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको पनि मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९० पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय २६जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको कुल संख्या ९ लाख ७६ हजार ६०९ पुगेको छ ।