आज ५४२ जनामा कोरोना संक्रमण थपिए, कुल संख्या ११ लाख ४३ हजार ७४ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २ गते।

आज पछिल्लो २४ घण्टामा थप ५४२  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ७४पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका  कारण कुनैको पनि मृत्यु भने भएको छैन। यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९०  पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय २१ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको कुल संख्या ९ लाख ७७ हजार ३५८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *