अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २ गते।
आज पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ७४पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन। यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९० पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय २१ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको कुल संख्या ९ लाख ७७ हजार ३५८ पुगेको छ ।