अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २ गते।
नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्रकाको नेपाली मूल्य निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको नेपाली मूल्य तोकेको हो ।
अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ ८२ पैसा र बिक्री दर १२७ रुपैयाँ ४२ पैसा रहेको छ भने युरो एकको खरिद दर १२९ रुपैयाँ ९६ पैसा र बिक्री दर १२९ रुपैयाँ ५७पैसा रहेको छ ।
पाउण्ड स्ट्रलिङ एकको खरिद दर १५३ रुपैयाँ ४९ पैसा र बिक्री दर १५४ रुपैयाँ २२पैसा, स्विस फ्रयांक एकको नेपाली खरिद दर १३३ रुपैयाँ २४पैसा र बिक्री दर १३३ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै आजको सुन र चाँदीको मूल्य यस प्रकार रहेको छ। सुन प्रति तोला ९६,२०० तेजाबी सुन ९५,७०० र चाँदी १,२१० प्रति तोला रहेको छ।