अनलाईन न्युजपाटी ,धर्मेन्द्र कुमार कुर्मी, कपिलवस्तु समाचारदाता,भदौ ५ गते।
कपिलवस्तु बिजयनगर सशस्त्र सीमा बल र नेपाल प्रहरी र बन कर्मचारीले काठ बरामद गरेको छ I
बगैचा लुकाइ छिपाइ राखेको ८ वटा सिसम को गोलिया झन्डै काठ सांझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जिल्लाको कपिलवस्तु विजयनगर गाउंपालिका ७ गेडुवजोतको एउटा बगैचामा लुकाएर राखिएको अवस्थामा ४० क्युफिट सिसमको काठ बरामद गरिएको जनाएको छ। १२:३० बजेको समयमा सुराकीको आधारमा प्रहरीले सहित ६० हजारको बराबरको काठ बरामद गरेको छ ।
नेपालको कपिलवस्तु -भारत को बलरामपुर सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट कालो सिसम र टिकको काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ५ ठाकुरापुर प्रहरीले जनाएको छ , भारतिय जंगल संग जोडिएकाले नदीको किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गोलियाहरु बगैँचा, पराल अथवा गोठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन ।
जिल्लाको पश्चिम सिमानाको लालपुर, गेडुवाजोत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतको क्षेत्र हुदै काष्ठभित्रिदै आएको स्रोतले जनाएको छन।