आज थपिए २८६ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख ४४ हजार २८२ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ५ गते।

आज पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४४ हजार २८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ७९ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७८ हजार ९०१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *