आज थपिए २०२ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख ४७ हजार २०४ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ ,समाचारदाता,भदौ १२ गते।

आज पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार २०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ९६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८१ हजार ५९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *