कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले दिए राजीनामा

अनलाईन न्युजपाटी ,काठमाडौँ ,समाचारदाता,भदौ १२ गते।

कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले दिए राजीनामा दिएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आइतबार दिउँसो मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा बुझाएका हुन् ।

शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको थियो ।

उक्त निर्णयअनुसार नै दुई मन्त्रीले आजै राजीनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *