अनलाईन न्युजपाटी ,काठमाडौँ ,समाचारदाता,भदौ १३ गते।
हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइदै छ ।
तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि भाद्र शुक्ल द्वितीया अर्थात आजको दिनमा दर खाने चलन छ ।
दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।
दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।