भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,भदौ १३ गते।

एसियाकप टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ।

दुबईमा भएको खेलमा पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले २ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार गर्‍यो।

भारतका ओपनिङ ब्याट्सम्यान केएल राहुललाई पाकिस्तानका  नीशम शाहले शून्यमा पहिलो ओभरमै बोल्ड गरेका थिए।

कप्तान रोहित शर्मा १२ रनमा आउट हुँदा विराट कोहलीले ३५ रन बटुले। कोहलीले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। रोहित र विराट दुवैलाई पाकिस्तानका मोहमद नवाजले क्याच गराएका थिए।

त्यसपछि सूर्यकुमार यादव २१ बलमा २४ रन बनाएर आउट भए।  रविन्द्र जडेजा र हार्दिक पाण्ड्याबीच पाँचौ विकेटका लागि ५२ रनको साझेदारी भएको थियो।

जडेजा अन्तिम ओभरको पहिलो बलमा ३५ रनमा आउट भए। उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरे।

विजयी छक्का प्रहार गरेका पाण्ड्याले नटआउट ३३ रन जोडे। उनले १७ बलमा ४ चौका र १ छक्का हिर्काए।

बलिङमा पाकिस्तानका नवाजले तीन विकेट लिए भने डेब्यू खेलाडी नीशमले दुई विकेट लिन सफल भए।

बलिङमा भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। हार्दिक पाण्ड्याले ३ विकेट हात पार्दा  अर्शदीप सिंहले २ विकेट लिन सफल भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *