अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ १७ गते।
आज पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ४३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण तीनको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ५ पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ९८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८२ हजार ७६४ पुगेका छन् ।