अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २२ गते।
हाल देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।