आज थपिए १ सय ७९ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख ५० हजार ३५१ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २७ गते।

आज पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ७१ जना निको भएका छन् ।

हाल नेपालमा २ हजार २ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *