अनलाईन न्युजपाटी ,बारा,समाचारदाता,असोज २६ गते।
बारा जिल्लाको प्रसौनी गाउँपालिका–५ प्रस्टोका गाउँ नजिकै एकै परिवारका तीन जना मृतावस्थामा भेटिएका छन् ।
२५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
ढोरा खोला किनारमा तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
अहिले घटनाबारे थप अनुसन्धान भइरहको बताइएको छ ।