प्रदेश १मा बिहीबार सार्वजनिक बिदा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २३ गते। 

प्रदेश १मा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार सूचना जारी गर्दै वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

मोरङ ३ (क) मा प्रदेशसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री थापाको नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *