जिल्ला प्रशासन कार्यालय डोटी द्धारा अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू एक साताको लागि स्थगित

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २८ गते।  

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ का लागि जिल्ला प्रशासन कार्यालय डोटीले अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू एक साताको लागि स्थगित गरेको छ ।

कार्यालयमा कार्यरत कर्मचारीहरू निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएकाले कार्यालयमा कर्मचारी अभाव हुने भन्दै कात्तिक २९ गतेदेखि मंसिर ५ गते सम्मका लागि सेवा बन्द हुने सूचनामार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *