अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २९ गते।
पाल्पामा मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै निर्वाचनको मतगणना सम्पन्न नहुँदासम्म मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको हो ।
प्रमुख जिल्ला अधिकारीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मदिरामा रोक लगाइएको हो ।
प्रशासनले अत्यावश्यकसहितको सेवा मंसिर १ गते देखि ५ गतेसम्म स्थगित गरेको छ ।