लिभ इन पार्टनरले आफ्नो प्रेमिकाको निर्ममतापूर्वक हत्या गरे

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,कार्तिक २९ गते।

दिल्ली पुलिसले हृदय विदारक हत्याकाण्डको खुलासा गरेको छ । दिल्ली पुलिसले महरौली इलाकामा ६ महिनाअघि भएको एक हत्याको मुद्दा हल गरेको छ ।

यस मामिलामा प्रहरीले आफ्नो लिभ इन पार्टनरको हत्या गरेको आरोपमा अफताब नामका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

आफताबले मे १८ मा आफ्नी लिभ इन पार्टनर श्रद्धाको हत्या गरी शव टुक्रा-टुक्रा गरी जंगलको विभिन्न ठाउँमा फालेका थिए ।

प्रहरीले शनिबार अफताबलाई पक्राउ गरेपछि उनले श्रद्धाको हत्याको सनसनीपूर्ण कथा सुनाएका थिए । अदालतले अफताबलाई ५ दिनको प्रहरी हिरासतमा पठाएको छ ।

दुई जनाको भेट मुम्बईको एक कल सेन्टरमा काम गर्दा भएको थियो । त्यहाँ काम गर्दा उनीहरु प्रेममा परे तर परिवारले सम्बन्ध स्वीकार नगरेपछि उनीहरु दिल्लीमा सरेर लिभइनमा बस्न थालेका थिए । श्रद्धाले विवाहका लागि अफताबलाई दबाब दिन थालेपछि उनले हत्या गरेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *