अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २९ गते।
‘सी’ डिभिजन लिग फुटबल वैशाख २२ गतेदेखि सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घले क्लबसँगको छलफलपछि सोमबार मिति तय गरेको हो ।
एन्फाले अब तयारी स्वरूप ‘सी’ डिभिजन खेल्ने क्लबलाई ११ लाख रुपैयाँ उपलब्ध गराउने छ । यसअघि हरेक क्लबले ९ लाख ५० हजार रुपैयाँ पाउँदै आएका थिए ।
एन्फाले गएको कात्तिक २१ गते शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि सुरु गर्ने निर्णय गरिसकेको छ । ‘ए’ डिभिजन लिग आउँदो पुस २६ गतेदेखि जेठ २० गतेसम्म हुनेछ।