अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १२ गते।
थापाथलीस्थित सुकुम्वासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि स्थानीयले अवरोध गरेका छन् ।
महानगरपालिकाले बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा उत्रेका हुन् ।
हातमा घरेलु हतियार खुकुरी, हंसिया, लाठी, घुइँत्रोलगायत बोकेर उत्रिएका स्थानीय प्रदर्शनकारीले आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै गृहमन्त्री तथा काठमाडौंका मेयर बालेन साह विरुद्ध चर्को नारावबाजीसमेत गरेका छन् ।