अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १२ गते।
सहसचिव र उपसचिवको परीक्षा पुर्ववत समयमै हुने भएको छ ।
थारु आरक्षण कोटा माग गर्दै थारु कल्याणकारिणी सभाद्वारा दायर रिटमाथी यसअघि दिएको अन्तरिम आदेश रद्द भएसंगै परीक्षा पुर्ववत समयमै हुने भएको हो ।
यद्यपि आदेश भने पुगि नसकेकोले प्राप्त भएपछी आयोगले सुचना प्रकाशन गर्ने देवि प्रसाद सुबेदीले बताए ।
संविधान अनुसार थारु आरक्षण कोटा नराखी कर्मचारी पदपूर्ति गर्न लागेको भन्दै थारु कल्याणकारिणी सभाको तर्फबाट दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश कुमार ढुङ्गानाको एकल इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म ६.६ प्रतिशत पदमा पदपूर्ति नगर्न अन्तरिम आदेश दिएको थियो ।