अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर १३ गते।
सप्ताहव्यापी सीताराम विवाहपञ्चमी अन्तर्गत भगवान राम र सीताको विवाह गए राति सम्पन्न भएको छ ।
जानकी मन्दिरमा बनाइएको विवाह मण्डप (मरबा) मा मैथिली परम्परा अनुसार सीता र रामको विवाह भएको हो।
आज रामकलेवा विधि पश्चात साताव्यापी विवाह पञ्चमी समापन हुनेछ ।
विवाह अघि आईतबार दिउँसो राम र जानकीको डोला फेर गरी बाह्रविघा मैदानमा स्वयम्वर गरि नगर परिक्रमा गरेको थियो । दुवै डोला जानकी मन्दिर पुगेपछि विवाहको काज सुरु भएको थियो ।
विवाहपञ्चमीको अन्तिम दिन आज आयोध्याबाट जन्ती आएका साधुसन्तलाई जानकी मन्दिर परिसरमा मिस्टान परिकार भोजन गराएर विदाई गरिनेछ। साधुसन्तलाई जानकी मन्दिर प्रांगणमामा दिउँसो ५६ व्यञ्जन मिस्टान परिकार भोजन गराई, गाली गीतले विदाई गर्ने कार्यक्रम रहेको जान्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए। जन्तीको रुपमा भगवान रामको जन्मभूमि भारतको अयोध्या र अन्य स्थानबाट आएका साधुसन्तलाई भोज खुवाउने र दक्षिणासहितको बिदाइ गर्नुलाई रामकलेवा भनिन्छ ।
सीता र रामको स्वयंवर र विवाहसम्पन्न भएपछि जनकपुर आएका लाखौँ दर्शनार्थी घर फर्किन थालेका छन्।