अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १३ गते।
उरुग्वेलाई हराउँदै पोर्चुगलले फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
कतारमा जारी फिफा विश्वकप २०२२ को समूह ‘एच’ अन्तर्गत लुसेल रंगशालामा सम्पन्न खेलमा लगातार दोस्रो जित निकाल्दै पोर्चुगलले नकआउट चरणमा स्थान बनाएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४औं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
पहिलो खेलमा घानालाई २–१ गोलको नतिजमा पराजित गरेको पोर्चुगलले अन्तिम खेलमा शुक्रबार दक्षिण कोरियासँग खेल्नेछ ।
पहिलो खेलमा दक्षिण कोरियासँग उरुग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।