विश्वकप फुटबल अन्तर्गत आज चार खेलहरू हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १३ गते।

विश्वकप फुटबल अन्तर्गत आज चार खेलहरू हुँदैछन् । आज हुने खेलमा समूह ‘ए’ र समूह ‘बी’को दुई–दुई खेलहरू हुनेछन् ।

आजको पहिलो खेलमा इक्वेडर र सेनेगलले प्रतिस्पर्धा गर्नेछन् । इक्वेडर र सेनेगलका लागि आजको खेल निर्णायक हुनेछ । आजको खेलमा सेनेगलले जित निकाल्दै अन्तिम १६ मा पुग्ने योजनामा छ । यता इक्वेडरलाई बराबरी भए पनि अघिल्लो चरण प्रवेश गर्न पुग्नेछ ।

सोही समयमा हुने अर्को खेलमा नेदरल्यान्ड्स र कतारले प्रतिस्पर्धा गर्नेछन् । आजको खेलमा नेदरल्यान्ड्स जित निकाल्दै प्रतियोगिताको अघिल्लो चरण पुग्ने योजनामा छ । यता कतार भने जितबाट प्रतियोगिताको अन्त्य गर्ने योजनामा छ ।

प्रतियोगिता अन्तर्गत आज हुने अन्तिम दुई खेलहरूमा इरानले अमेरिकासँग खेल्दैछ ।

सोही समयमा हुने अर्को खेलमा इङ्ल्यान्डले वेल्ससँग खेल्नेछ । आजको खेलमा जित निकाल्दै दुवै टोली अघिल्लो चरणमा प्रवेश गर्ने योजनामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *