शिक्षकको हत्या गरेको आरोपमा श्रीमान–श्रीमती पक्राउ

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ७ गते।

बैतडीमा मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या आरोपमा श्रीमान् श्रीमती पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत बिहीबार हत्या अभियोगमा पक्राउ परेका पुर्चौंडी नगरपालिका–३ न्वादेउका प्रजा बोहरा र उनकी श्रीमती बिमलालाई सार्वजनिक गरेको हो ।

प्रारम्भिक अनुसन्धानबाट शिक्षक विष्टको हत्या भएको र अभियुक्त दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ । शनिबार मृत फेला परेका शिक्षक विष्ट र हत्या आरोपमा पक्राउ परेकी बोहरा दुबै कृष्ण माध्यमिक विद्यालयको छात्रबासमा बस्दै आएका थिए । शुक्रबार राति विवाद भएपछि श्रीमान् श्रीमती मिलेर हत्या गरेको दाबी प्रहरी अधिकारीको छ । शिक्षक विष्ट पुस २ गते बिहान पाटनस्थित कृष्ण माध्यमिक विद्यालयको होस्टेल पछाडि मृत अवस्थामा भेटिएका थिए । विष्टको हत्या भएको र दोषीलाई पक्राउ गर्नुपर्ने माग गर्दै जिल्लामा आन्दोलन चर्किएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *