आज क्रिसमस डे, मुख्यमंत्री लालबाबु राउतले दिए सुभकामना

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,पुस १० गते।

आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् ।

२००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

प्रदेश नं २ का मुख्यमंत्री लालबाबु राउतले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका अवसरमा शुभकामना व्यक्त गरेका छन ।

मुख्यमन्त्री लालबाबु राउतले आज सन्देश जारी गर्दै ‘क्रिसमस’ले सबै नेपाली दाजुभाइ, दिदीबहिनीमा आपसी सद्भाव, स्नेह, सहिष्णुता र भ्रातृत्वको भावना वृद्धि गर्दै राष्ट्रिय एकता, शान्ति र विकास निर्माणका लागि समेत योगदान दिने विश्वास व्यक्त गरेका छन ।

क्रिसमस डेका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *