अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ९ गते।
नेपाल टी-२० लिगमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको छ।
पोखरा एभेन्जर्सले टस जितेर पहिले फिल्डिङ गरेको थियो। यसो हुँदा काठमाडौं नाइट्सले १९ ओभरमा ५ विकेट गुमाउँदा १६२ रन बनाएको थियो।
पोखरा एभेन्जर्स सामु १६३ रनको लक्ष्य प्रस्तुत गर्दा पोखराले ७ विकेटको क्षतिमा १३६ रनमात्रै बनाएको हो।
काठमाडौंका लागि अज्मातुल्लाह ओमरजाइले अविजित रही ८५ रन बनाएका हुन्। उनी प्लेयर अफ डि म्याच समेत बनेका छन्।