अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,पुस ९ गते।
अमेरिका र क्यानडामा आँधीका कारण लाखौँ मानिस प्रभावित भएका छन् ।
समुद्री क्षेत्रमा बसोबास गर्ने मानिसलाई सर्तकता अपनाउन आग्रह गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।
आँधी तीव्र भएपछि प्रमुख विमानस्थलहरुले उडानहरु रद्द गरेका छन् । केही भागहरूमा तापक्रम माइनस ४५ डिग्री सेन्टिग्रेटसम्म पुग्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
न्यूयोर्क, केन्टकी, नर्थ क्यारोलिना, वेस्ट भर्जिनिया, जर्जिया र ओक्लाहामाका गभर्नरहरूले आँधीका कारण आपतकाल घोषणा गरेका छन् । विस्कन्सिनले पनि ऊर्जा आपतकाल घोषणा गरेको छ ।
चिसोका कारण नदीहरुमा बरफ जम्ने र प्रवाहलाई रोक्ने भएकाले पनि बाढी निम्तने भन्दै सावधानी अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।