अनलाईन न्युजपाटी ,एजेन्सी ,समाचारदाता,पुस ९ गते।
फिजीको नयाँ प्रधानमन्त्रीमा सिटिभेनी रबुका निर्वाचित भएका छन् ।
राबुका, सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक दल जन गठबन्धनका नेता हुन्। रबुका संसदको २८ मतले निर्वाचित भए भने अर्का नेता भोरेके बैनिमारामाले २७ मत प्राप्त गरेका छन् ।
फिजीको सोसल डेमोक्रेटिक लिबरल पार्टी शुक्रबार राबुकाको पिपुल्स अलायन्स र नेसनल फेडरेशन पार्टीसँग मिलेर गठबन्धन बनेको हो । गठबन्धनपछि राबुकाले विजय हासिल गरेका हुन् ।