नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको आज उद्घाटन हुदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ९ गते।

नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको आज उद्घाटन हुदैछ । लिगको उद्घाटन दिन दुई खेल आयोजना हुदैछ ।

उद्घाटन खेलमा काठमाडौँ नाईट्सले पोखरा एभेन्जर्सको विरुद्ध खेल्नेछ । खेल बिहान ९:१५ बाट सुरु हुनेछ ।

आज नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार र फार वेस्ट युनाईटेडबीच खेल हुदैछ । खेल दिउसो १:१५ बाट सुरु हुनेछ ।

दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।

प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *