राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १० गते। 

आइतबार राति १२ बजेपछि राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु भएको छ ।

मौन अवधिमा कुनै पनि दल तथा उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न पाउँदैनन् । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले ‘यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने’ भनेको छ ।

सामाजिक सञ्जालबाट पनि भोट माग्नु आचारसंहिताविपरीत हुने उल्लेख छ । आयोगले ‘एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने’ जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *