अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, माघ १० गते।
भारतको १००औं स्वतन्ता दिवसअघिसम्म नयाँ भारत बनाउने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका छन् ।
स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले भने, ‘स्वतन्त्रत भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू। भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन ।’
सरकारले स्वतन्त्र भारतको सपना साकार पार्ने लक्ष्य पुरा गरेको उनले बताए । ‘भारतले १०० औं स्वतन्त्रता दिवस मनाउनुअघि हामीले नयाँ भारत बनाउने लक्ष्य राखेका छौ,’ मोदीले भने । सन् २०४७ मा भारतले १००औं स्वतन्त्रता दिवस मनाउनेछ ।
देशका लागि सेवा गर्ने क्रममा सहिद भएका सुरक्षाकर्मीप्रति श्रद्धान्जली व्यक्त गर्दै मोदीले भने, ‘देशका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने सम्पूर्ण सुरक्षाकर्मीप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु ।’