आज बोलाइएको प्रतिनिधिसभा बैठक फागुन २ गतेसम्मका लागि स्थगित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २६ गते।

आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

संघीय संसद सचिवालयले मंगलबार साँझ सूचना प्रकाशित गरी फागुन २ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख गरेको छ ।

विशेष कारणले बैठक स्थगित भएको सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा जनाइएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरु एकमत नभएकाले प्रतिनिधिसभाको बैठक सारिएको स्रोतको दावी छ । नेकपा माओवादी केन्द्रले माघ २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठकले एमसीसीबारे ठोस निर्णय गरेपछि संसद बैठक बोलाउनु उपयुक्त हुने भन्दै माओवादीले बैठक सार्न लगाएको स्रोतको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *