विद्युत् प्राधिकरणका कर्मचारीले पाउँदै आएको स्वेच्छिक अवकाश अब लिन नपाउने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २६ गते।

विद्युत् प्राधिकरणका कर्मचारीले पाउँदै आएको स्वेच्छिक अवकाश अब लिन नपाउने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीले पाउँदै आएको स्वैच्छिक अवकास सुविधा कटौती गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा, शर्त विनियमावली, २०७५ को विनियम १०० मा भएको स्वैच्छिक अवकासको व्यवस्था १ साउन २०७९ देखि खारेज गर्ने गरी प्राधिकरणको २१ पुस २०७८मा बसेको ८९४औं सञ्चालक समिति बैठकले निर्णय गरेको हो ।

प्राधिकरणले विनियमावलीमा तोकिएको शर्त पुरा गरेका स्वैच्छिक अवकासका लागि इच्छुक कर्मचारीहरुलाई आवश्यक प्रक्रिया पुरा गरेर २०७९ असार मसान्तभित्र प्राधिकरणको जनसाधन विभागमा दर्ता हुने गी आवेदन गर्न सूचित गरेको छ । असार मसान्तपछि लागू हुने गरी दिइएका निवेदन माथि कुनै कारवाही नहुने पनि प्राधिकरणले जनाएको छ ।

विनियमावली अनुसार २० वर्ष वा सो भन्दा बढी स्थायी सेवा अवधि पुरा गरेका र स्वैच्छिक अवकाश पाउन आवेदन गरेको मितिबाट अनिवार्य अवकास पाउन एक वर्षभन्दा बढी सेवा अवधि बाँकी रहेका कर्मचारीले स्वैच्छिक अवकाश लिन पाउने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *