आज सर्वदलीय बैठक दिउँसो २ बजे बस्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २ गते। 

आज दिउँसो २ बजे सर्वदलीय बैठक बस्दैछ ।

सभामुख अग्निप्रसाद सापकोटाले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक सोमबार दिउँसो २ बजेका बोलाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आइतबार बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *