अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन २३ गते।
कांग्रेस धनुषाको नेतृत्व चयन गर्न आज मतदान हुँदैछ ।
जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा निर्वाचन हुँदैछ ।
जिल्ला सभापतिका लागि धनुषामा तीनजना उम्मेदवार रहेका छन् ।
केन्द्रीय सभापति शेरबहादुर देउवाको समूहबाट वर्तमान जिल्ला उपसभापति संतोष यादव, विमलेन्द्र निधिको समुहबाट क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार र शेखर कोइरालाको समुहबाट संविधानसभा सदस्य दिनेश प्रसैला रहेका छन् ।
तीनै जना उम्मेदवारले पहिलो चरणमै आफुहरु जित्ने दावी गरेका छन् ।