अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र २२ गते।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज वीरगंज आउने भएका छन् ।
ओली काठमाडौंबाट बाराको सिमरा एयरपोर्टबाट वीरगंज आउने र त्यहाँबाट मोटरसाईकलले स्कर्टीङ गरेर वीरगंज ल्याउने तयारी भएको संयोजकले जानकारी दिए ।
वीरगंजको घण्टाघरस्थित वीपी उद्यानमा हुन लागेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली वीरगंज आउन लागेको एमाले प्रचार समितिका संयोजकले बताए ।
कार्यक्रममा सयौँले पार्टी प्रवेश गर्ने यादवको भनाइ छ ।