अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत्र २४ गते।
महन्थ ठाकुर स्वास्थ्य लाभ गरि डिस्चार्ज भएका छन् ।
हिजो बिहान भैरहवामा उनको स्वास्थ्य अवस्था खराब भएपछि थप उपचारका लागि हेलिकप्टरबाट उनलाई काठमाडौँ ल्याएर मेडिसिटीमा भर्ना गरिएको थियो ।
हिजो दिनभर उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो । सम्पूर्ण जाँच परीक्षणपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालले अध्यक्ष ठाकुरलाई डिस्चार्ज गरेको छ।