चैती छठको चौथो दिन आज विहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्व समापन

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र २५ गते।

आज चैती छठको चौथो दिन आज विहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्वको समापन भएको छ ।

चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ । भने दोश्रो दिन पञ्चमीका खरना पर्व मनाईन्छ । खरनाको दिन अवसरमा ब्रतालुहरुले निराहार उपवास बसि साँझपख छठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दुध एवम् विभिन्न प्रकारको फलफुल चढाईने गरिन्छ ।

पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु खोला नदि या पोखरीमा प्रवेश गरि छठी माताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् ।अर्घमा मुला, उँखु,भण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ ।

हिजो सन्ध्या अर्घ पश्चात रात भरि ब्रतालुहरु जागरण बसि आज चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पश्च्यात छठ पर्वको समापन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *