आफनै साथीलाई गोली हानी हत्या गरेको अभियोगमा, एक जना पक्राउ २ जना फरार

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत्र २५ गते।

जिल्ला धनुषा हंसपुर नगरपालिका वडा नं. ७ बस्ने बर्ष १८ को बिजय रामको हत्या गरी मृत लाश गँहु खेतमा फालिएको अवस्थामा मिति २०७८।१२।२३ फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बिक्रम साह नेतृत्वको अनुसन्धान टोली घटनास्थलमा खटि गई घटनास्थलको सुक्ष्म अनुसन्धान र बिभिन्न व्यक्तिहरुसँगको सोधपुछबाट बिजय राम मिति २०७८।१२।२२ गते बेलुकी ७:०० बजेको समय तिर निजका ३ जना साथीहरु घर आई बाहिर घुम्न जाने बहानामा निस्केको तत्पश्चात घर फर्कि नआएको भनी खुल्न आएको थियो ।

उक्त घटनामा संलग्न हुन सक्ने भनी शंका लागि जिल्ला धनुषा हंसपुर नगरपालिका वडा नं. ७ नौवाखोर बस्ने बर्ष २० को मनोज महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हंसपुर नगरपालिका वडा नं ७ का बर्ष १९ को पंकज मण्डल ,२२ बर्षको जितु मण्डल र मनोज महरा समेत मिलि बिजय रामलाई गोली हानी हत्या गरेको भनी खुल्न आएको छ ।

रार पंकज मण्डलले प्रयोग गर्ने चस्मा र सर्ट समेत अनुसन्धान टोलीले घटनास्थलबाट फेला परेको सर्ट र चस्मा पंकज मण्डलको रहेको भनेर मृत्तकका बुवा र पक्राउ प्रतिवादी मनोज महराले समेत सनाखत गरेको छ ।

घटनामा संलग्न ३ जना व्यक्तिहरुले मृत्तकसंगको पुरानो रिसिबिसीले योजना बनाई हत्या गरेको खुल्न आएको ।

पक्राउ परेका मनोज महरालाई ज्यानसम्बन्धी कसूर कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अन्य अनुसन्धान कार्य भईरहेको छ भने घटनामा संलग्न अन्य २ जनाको खोजतलास जारी नै रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको  छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *