पसलको लेनदेनमा बिष्णुपुरको पालिका अध्यक्षद्धारा कुटीए माओवादी नेता हजारी साह

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता, चैत्र २५ गते।

पैसाको लेनदेन विवादमा बिष्णुपुर गाउँपालिकामा गाउँपालिका अध्यक्ष जागेश्वर यादवले एक नेतालाई कुटेको छ। बिष्णुपुर गाउँपालिकाको पुर्व राजपा प्रत्यासी हाल माओबादी तर्फ बाट गापा अध्यक्षको दाबेदार उम्मेदवार हजारी साह र कल्याणपुर नगरपालिकाको प्रत्यासी उम्मेदवार परचिलबाको रामबाबु यादव बीच दोकानको लेनदेन  र समान खरिद गरेको पैसा लेनदेनको समान्य विवाद चलिरहेको बेला गाउँपालिका अध्यक्ष जागेश्वर यादवले एकासी हातपात गरेको माओबादी नेता हजारी साहको आरोप रहेको छ।

माओबादी नेता साहले मेरो पसलबाट लगेको समान बापतको उधारो रकम माग्दा बेला भनाभन भएपछि गाउँपालिका अध्यक्ष जागेश्वर यादव र बिष्णुपुर गापा एमाले निकट रहेको चर्चित नेता सत्यनारायण यादवले ईलाका प्रहरी कार्यालय बिष्णुपुर परिषरमा दुई तिरैबाट झापर, थप्पर, मुक्का, हान्न थाले । नेता साहले सुरक्षीत ठाउँ ठानेर प्रहरी चौकी पुगे त्यहाँ नै पिटिएपछी समान्य नागरिकको सँरक्षण दिने को ? प्रश्न खडा गरेको छ।

उता गाउँपालिका अध्यक्ष जागेश्वर यादवले आफ्नो पार्टीको कल्याणपुरको नेता आफ्नो पालिका भित्र बेज्ज्ती भैरहेको फोन  सुनेपछि थानामा नै गएर आक्रोश थाम्न नसकेको बताए। नेता साहले भने पालिका अध्यक्ष यादवले चुनावको मुखमा मलाई राजनीति दाउ साधेको बताए ।

यता स्थानीयहरुले जे जति उधारो रहेपनी कसैलाई अचानक रोकेर ताकेताकै बहानामा गाडी छिन्ने प्रयास गर्नु अनुचित रहेको बताए । स्थानीय प्रत्यक्ष दर्शिहरुले नेता साहको पसलमा काम गर्ने स्टाफहरुको बदमासिले साह दोषी रहेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *