सशस्त्र प्रहरी पर्साद्धारा हातहतियार सहित ३ जना नियन्त्रणमा

अनलाईन न्युजपाटी,कृष्णा यादव,बिरगंज समाचारदाता, चैत्र २५ गते।

सशस्त्र प्रहरी बल १३ गण पर्साले हातहतियार सहित तीनजना लाई नियन्त्रणमा लिएको छ।

बिशेष सुचनाको आधारमा  सशस्त्र प्रहरी बल १३ नम्बर गणवाट खटिएको टोलीले सबैठवा वाट पर्सागढी तर्फ जाँदै गरेको ना ५७प ३६२८ नम्बरको अपाची मोटरसाइकलमा सवार भई लङ् रेन्ज दुई नाले  बन्दुक १ थान सहित तीनजनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेले जनकारी दिनुभयो ।

पक्राउ पर्नेमा पर्साको पर्सगढी नपा वडा नम्बर ५ बस्ने बर्षा ४१ को प्रेम ठाकुर , बर्षा १४ को राहुल ठाकुर र सो वडाको वर्षा ५५ को रामजी ठाकुर रहेको सशस्त्र प्रहरी उपरीक्षक पोखरेळे बताए ।

सशस्त्र प्रहरीले पक्राउ गरेको हातहतियार सहित तीनजनालाई आवश्यक कार्यबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *