केपी शर्मा ओली आज हुम्ला आउँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख ३  गते।

केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न  आउँदै छन् ।

जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रीत दुई वटा वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्यालीमा प्रस्थान हुन र लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

लिमीका बासिन्दासँग भेटेपछि नेपाल र चीनको सीमाना नाम्खा गाउँपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाई अवलोकन गरेपछि अध्यक्ष ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *