डोटीको दिपायल सिलगढीमा मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ ३ गते।

डोटीको दिपायल सिलगढीमा मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका हुन् ।

मेयरमा कांग्रेसका बाजी सिंह खड्का र उपमेयरमा कलावती महर साउँद निर्वाचित भएका हुन् ।

खड्काले नेकपा एमालेका लक्ष्मणबहादुर मलासीलाई १ हजार ६२३ मत अन्तरले पराजित गरेका हुन् । खड्काले ५ हजार १३८ मत ल्याउँदा मलासीले ३ हजार ५१५ मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसकी महरले ४ हजार ७६८ मत ल्याउँदा एमालेकी रूपा कठायतले ४ हजार १२९ मत प्राप्त प्राप्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *