अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ ४ गते।
नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन् ।
हाल परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उहाँलाई मंगलबार नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो।
उनी छिट्टै जिम्मेवारी सम्हाल्न नेपाल आउने मन्त्रालयल जनाएको छ ।
भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका छन् ।